Fri. Apr 19th, 2024

यतिबेला नेपाली फिल्मले दर्शकको अभाव खेपिरहेका छन् । तर, फिल्म ‘होस्टेल’को मामलामा यो लागू नहुने स्पष्ट संकेत देखिन थालेका छन् । बहुप्रतिक्षित फिल्मको पहिलो शो हेर्नका लागि टिकट अग्रिम बुकिङ गर्ने बढेका छन् ।
मलिटप्लेक्समा मात्रै होइन, सिंगल स्क्रिनका हलका टिकट काउन्टरमा पनि ‘होस्टेल’को टिकट अग्रिम किन्नेको भीड बाक्लिएको छ । हिजोदेखि अग्रिम बुकिङ सुरु भएको फिल्म प्रति दर्शकको चासोको कारण हलवालाहरु उत्साहित छन् । ‘सिंगल स्टेशनमा रिलिजअघि नै नेपाली फिल्मको टिकट किन्न आएको यो पहिलोपटक हो,’कलंकी हलको सञ्चालक मदन शाक्यले भने । गंगा, पुष्पाञ्जलीलगायतका हलमा पनि दर्शकहरु शो सोध्न आएको बताइएको छ । उपत्यकामा मात्रै होइन, उपत्यका बाहिर पनि ‘होस्टेल’को प्रतीक्षामा बसेका दर्शक अघिल्लै दिन हलसम्म पुगेका छन् । पाथीभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालले ‘होस्टेल’ फिल्मको टिकट किन्न दर्शक अघिल्लै दिन आइपुगेको बताए ।

%d bloggers like this: