Thu. Mar 28th, 2024

फिल्म ‘बितेका पल’को ट्रेलर रिलिज भएको छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्मका कृष्णअष्ठमीको शुभसाइत पार्दै अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । साढे तीन मिनेट लामो ट्रेलरमा अभिनेत्री केकी अधिकारी धेरै देखिएकी छिन् ।
प्रेमकथामा आधारित फिल्म प्रेमका प्रतिक मानिने कृष्णकै जन्मदिनमा सार्वजनिक गरिएको हो । महिला पात्र हावी रहेको फिल्म केकीको वरिपरि घुमेको बताइएको छ । केकीसँगै फिल्ममा बाबु बोगटी र दार्जिलिङ निवासी अबिनाश गरुङले गरेका छन् । फिल्ममा राजेश घतानी र क्रिÈ रिजालको लगानी छ । फिल्मका कथा पनि निर्माता घतानीले नै लखेका हुन् ।
फिल्मको छाया“कार हरि लामाले गरेका हुन् । डम्बर नेपाली, बाबु बोगटी, रोशन लामा र मोहित मुनालको संगीत रहेको फिल्ममा निलिमा शर्माले पहिरनको स्टाइल दिएकी हुन् । बिग प्रोडक्सनको व्यानरमा निर्माण भएको बितेका पल पुस २६ गते नेपालमा प्रदर्शन हुनेछ ।

%d bloggers like this: