Sat. Apr 20th, 2024

कुरा ज्योति काफ्लेको हो। हास्य अभिनयमा रामै्र चम्किरहेका छन्, यी ज्योति। पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिकामा देखिएपछि उनी चम्किएका हुन्। टेलिभिजन कार्यक्रम फन्नी न्युजमा काम गर्दा बाबुरामको क्यारिकेचर गरेपछि …मेरी बास्सै’तिर लागेका थिए। उनी बाबुरामको भूमिकामा देखिन थालेपछि सक्कली बाबुरामले घरमै बोलाएर सोधे, …मेरै किन गर्नुपर्‍या?’ त्यतिबेला प्रधानमन्त्री नभइसकेका तर खुब चर्चामा रहेका बाबुरामलाई नक्कलीले जवाफ दिए, …देशलाई चाहिएको मान्छेलाई थप लोकप्रिय बनाउन।’ अवस्था त्यही थियो । उनले सत्य बोलेपछि बाबुरामबाट सम्भावित रिसानी माफ पाए। प्रधानमन्त्री भएपछि बाबुरामले त्यो लोकप्रियता गुमाए। ज्योति यो गाईजात्रामा पनि बाबुरामकै भूमिकामा छन्। बाबुरामले फेरि …मेरै किन गर्नुपर्‍या?’ भनेर सोधे भने के जवाफ देलान्? …अलोकप्रिय हुनुभएको छ त्यसैले’ भन्ने कुरा सत्य हो। तर, पहिलेकै जस्तो सत्य बोल्यो भने वाइसियलले गेटबाट निस्किनै नदेलान् भन्ने पीर!
 

%d bloggers like this: