Fri. Mar 29th, 2024

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् । ‘होस्टेलमा बस्नेहरुकै कथामा बनेको फिल्म भएकाले छुट दिने योजना बनाएका हौँ,’ निर्माता सुनिल भन्छन् ।
युवाहरुकै कथामा ‘सायद’ निर्माण गरेर सफलता हात पारेका सुनिलको यो दोस्रो फिल्म हो । डाइलग र चर्चित कलकारका छोराहरुको गठजोडका कारण चर्चित बनेको फिल्म भदौ १४ गते रिलिज हुँदैछ । फिल्मको निर्देशन बलिउडमा फिल्म निर्देशनको ज्ञान हासिल गरेर फर्किएका हेमराज विसीले गरेका हुन् भने भुवन केसीका छोरा अनमोल, निर्देशक शोभित बस्नेतका छोरा सलोन र कलाकार टीका पहारीका छोरा गौरवले फिल्ममा होस्टेल निवासी युवाको भूमिकामा अभिनय गरेका छन् ।

%d bloggers like this: