Thu. Mar 28th, 2024

तारेमाम मुस्कान पासा ?
तारेमाम बाबु, तारेमाम ।
मुस्कान पासाको अहिलेको दैनिकी कस्तो छ ?
ट्याक्¥याक्कसँगले फतौरीकहाँ गयो होय, ठ्याक्¥याक्क आँखा जुधायो । मनै कस्तो कस्तो भएर ल्याउँछ । टेसपछि गीटसंगीटको ठूलो पारखी हुँ, रेडियो पनि सुनैकै हुन्छ ।कति हाँस्ने ? म त हाँसेरै मर्ने भयो ।
गाउँभरि बुढेसकालमा मुस्कान पासाको मति बिग्रियो भन्ने हल्ला छ त !
ढेरैले मुस्कान पासा लभचक्करमा प¥यो भन्छ, होय । तर, त्यस्तो केटाकेटीको जस्तो बाइकको पुच्छर उठाएर कुद्ने लभ होइन । यसो दुवैको बैँस मिल्ने भएकाले मन मिल्दै गएको हो ।
तीर्थव्रत गर्ने बेला यस्तो गरेको अलि सुहाएन कि ?
तन बूढो भए पनि मन बुढो हुँदैन भन्ने उखान छ । त्यही उखानलाई ट्याक्¥याक्कसँगले प्रमाणित गर्न मुस्कान पासा लागिपरेको हो । अर्काे कुरा, मुस्कान पासा नारी प्रेमी छ, होय । त्यसैले पनि त्यो नारीप्रेम कहीँ न कहीँ गएर पोखिएर ल्याउँछ भन्या ।
नाति पड्केको लभमा चाहिँ किन भाँजो हालेको ?
नाति पड्केको लभ गराइमा मेरो चित्त बुझेको छैन । जटिबेला पनि निर्मली भन्या छ होय, कुडेको छ । लभ गर्ने पनि त टरिका हुन्छ नि ।
बैँसमा पासाले पनि यस्तै ग¥यो होला नि ?
बैँसमा मेरो मुस्कानमा तरुनी त भक्कलक्कै लड्थे भन्या । कति हाँस्ने, म त हाँसेरै मर्ने भो । त्यतिबेला कति तरुनीलाई काँधमा बोकेर हिँडियो होय, टेसैले अहिले दाहिने काँध अलि कमजोर छ ।
बैँसमा कतिजनासँग लभ गरियो त ?
कति गरियो, गरियो नि । दिनकै लभ पथ्र्याे । त्यो भुवन केसी भन्ने हिरो छ नि होय, टेसले पनि मुस्कान पासालाई जितेको छैन, ल ।

%d bloggers like this: