Thu. Apr 25th, 2024

पर्दामा ‘कथाले मागेजति’ खुल्न संकोच नमान्ने बलिउड अभिनेत्री कट्रिना क्याफ यसपटक मिडियालाई खुलापत्र लेखेर खुलेकी छिन् । अभिनेता सलमान खानसँग ‘ब्रेक–अप’ भएपछि कट्रिना अर्का अभिनेता रणवीर कपुरसँग लहसिएको चर्चा चल्दै आएको भए पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । तर, यसपटक उनीहरू स्पेनको इबिजा समुद्री किनारमा मस्तसँग नुहाइरहेको तस्बिर मिडियामा सार्वजनिक भएको हो । यसबाट आक्रोशित भएकी कट्रिनाले मिडियालाई खुलापत्र लेखेर सेलिब्रिटीको निजी जीवनमा घुसपैठ नगर्न सुझाएकी छिन् ।
‘मैले बिदा मनाइरहेको बेलाको तस्बिर कुनै डरछेरुवाले मेरो अनुमतिबिनै खिचेर आर्थिक मुनाफाका लागि उपयोग गरेछ । यसबाट म स्तब्ध र दुःखी भएकी छु । मेरो निजी जीवनमा यसबाट अतिक्रमण भएको निष्कर्षमा पुगेकी छु,’ खुलापत्रमा उनले लेखेकी छिन् । आगामी दिनमा यस्ता खराब प्रवृत्तिबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मी टाढै रहनुपर्ने सुझाव उनले दिएकी छिन् ।

%d bloggers like this: