Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
असोज २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र “किस्मत २” ले आफ्नो नया “दिल नाचे जस्तो” बोलको गीत सार्वजनिक गरेको छ | प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रोमोशन निकै तिब्र पार्दै लगिरहेको निर्माण टिमले युटुब मार्फत आफ्नो गीत सार्वजनिक गरेको हो | सार्वजनिक गीतमा गायिका मिलन अमात्य र गायक फिरोज बस्नेतले आफ्नो सुमधुर स्वर भरेका छन् | अमृत रेग्मीको शब्दमा संगीतकार अर्जुन पोखरलेले आफ्नो मिठो संगीत भरेका छन् |
छबि राज प्रोडकसनको प्रस्तुति रहेको चलचित्रमा शिल्पा पोखरेल , किश्वोर खतिवडा , पृथ्वी राज लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | सामिप्य राज तिमिल्सिनाको कथा रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् | मदन काश्यप घिमिरेको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको द्वन्द निर्देशन समावेश गरिएको छ | चलचित्रका निर्माता छबि राज ओझा हुन् भने कार्यकारी निर्माता तर्फ भने दिजेन्द्र शाक्य रहेका छन् | चलचित्रको अहिले व्यापक प्रचारप्रसार भैरहेको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: