Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा नेताहरुको कमि छैन | नेपाली जनताहरुको नेता प्रतिको सोचाई पनि बिल्कुलै नकारात्मक छ | तर यसको मतलब यो हैन कि सबै नेताहरु खराब नै छन् | नेपालमा देश र जनताको लागि केहि गर्छु र काम गर्नको लागि पद नै चाहिने जरुरी छैन भनेर अगाडी बढिरहेका व्यक्तिहरुको पनि सुची रहेको छ | त्यहि सुची भित्रको एउटा नाम हो राजेश ज्ञवाली |
rajesh-gyawali
नेपाली कांग्रेसका प्रभावसाली युवा नेताको रुपमा सबैको नजरमा बसिसकेका उनि कर्म निष्ठावान नेताको गणनामा पर्नु हुन्छ | कपिलवस्तुको तौलीहवा घर भई त्यहि रहेर आफ्नो राजनीति जीवन सुरु गरेको उहाले आफ्नो कामबाट त्यहाका सबै स्थानिय बासिन्दा देखि सम्पूर्ण जनताहरुको मन खुसि गर्नुभएको छ | पेशाले नेताको नाम संग जोडिए पनि उहा समाजसेवा समेत निकै अग्रसर हुनुहुन्छ | विकास भनेको आफ्नै ठाउँबाट सुरु गर्नुपर्छ भन्ने दृढ विश्वासको साथ अगाडी बढ्दै उहा लामो समय देखि समाजसेवामा लागिरहनु भएको छ |
rajesh-gyawali
उहाले आफ्नो ठाउमा करिब ५० भन्दा बढी हेम पाईप जडान गर्दिसक्नु भएको छ | त्यसै गरि उहाले ५ वटा पानी टंकी र ८ वटा रिक्सा समेत त्यस ठाउँमा वितरण गरिसक्नु भएको छ | त्यस्तै प्रत्येक जाडो मौसममा गरिब दुखि बासिन्दालाई १००० थान कम्मलको व्यवस्था समेत उहाले गर्दै आइरहनु भएको छ | यसै गरि केहि समय अगाडी मात्रै उहाले निशुल्क आँखा शिविर संचालन गरेर ३५० जनाको निशुल्क अप्रेसन समेत गराईदिनु भएको छ | यी यस्ता काम संगै उहा अरु पनि थुप्रै सामाजिक कार्यहरुमा संग्लन हुनुहुन्छ |
rajesh-gyawali
rajesh-gyawali
यसै दौरानमा उहाको यसपटकको जन्मदिनको अवसरमा उहाले केहि दिन अगाडी मात्रै कपिलवस्तुको तौलीहवामा रहेको श्री पशुपती पुस्तकालयलाई एकथान कम्प्यूटर र केही पुस्तकहरु हस्तान्तरण गर्नुभएको छ । उहाले आफ्नो जन्मदिनमा खर्च गर्ने पैसालाई सहि सदुपयोगको हिसाबमा त्यस पुस्तकालयलाई ४० हजार बराबरको ल्यापटप र पांच हजार बराबरको पुस्तक प्रदान गर्नुभएको हो |
rajesh-gyawali
rajesh-gyawali
rajesh-gyawali
समाज सेवाको कार्यमा आफुलाई निकै सन्तुष्टि मिल्ने र देशको लागि पनि केहि योगदान दिन सकेको महसुस आफुलाई हुने कुरा उहाले उल्लेख गर्नुभएको छ | हामी सबै नेपाली हौ र हामी यस देशको नागरिक भएको हुनाले पनि सबैले आफ्नो क्षत्रबाट देश विकासको काममा अग्रसर हुने पर्ने उहाको धारणा रहेको छ | आफु सधै देश र जनताको लागि निरन्तर राम्रो काममा लागिरहने र आफ्नो कर्तव्यबाट आफु कहिले पनि पछाडी नहट्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: