Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतले निकै तिब्र रुपमा आफ्नो पाईला सारिरहेको छ | नेपाली गीत संगीत पनि अब कोहि भन्दा कम छैन | धेरै समय पछि अहिले आफ्नो बाटो सहि दिशा तर्फ निर्देश गरिरहेको छ नेपाली गीत संगीतले र यसको सबै श्रेय जान्छ नेपाली गीत संगीतमा आबद्ध कलाकारहरुलाई | देशबाट मात्र नभएर देश बाहिर रहेर पनि नेपाली कलाकारहरुले यस क्षत्रको लागि निकै मेहेनत गरेको अवस्था रहेको छ | यसै बिच धेरै पहिले देखि नेपाली गीत संगीतमा समर्पित रहेर नेपाली दर्शकहरुलाई विभिन्न नया प्रस्तुति प्रदान गर्दै आइरहनु भएका रचनाकार गोपी दाहाल अब फेरी आफ्नो नया प्रस्तुतिको साथमा दर्शक सम्क्ष उपस्थित भएका छन् | उनको धेरै रचनाहरुले दर्शकहरुको मनमा डेरा जमाएर बस्न सफल भएका छन् | उनको नया गीत “सन्चो छ कि” बोलको गीतको अडियो सार्वजनिक भएको छ | युटुब मार्फत सार्वजनिक गरिएको यसको अडियो निकै उत्कृष्ट रहेको छ | सेन्टीमेन्टल जेनेरमा तयार गरिएको उक्त गीतको भिडियो पनि अब चाडै सार्वजनिक हुने तयारीमा रहेको कुरा रचनाकार गोपी दाहालले जानकारी दिनुभएको छ |
gopi-dahal
अहिलेको निकै ब्यस्त गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतको शब्द संगीत निकै मार्मिक रहेको कुरा पनि रचनाकार गोपी दाहालले उल्लेख गर्नुभएको छ | सबै किसिमको गीतको प्रस्तुति दिन सक्ने खुबी भएका उनि यसपटक भने पहिले भन्दा बिल्कुलै फरक शैलीमा दर्शक सम्क्ष उपस्थित भएका छन् | उनको यस गीतमा संगीत भर्दै कम्पोजिसन गर्ने काम भने संगीतकार राजनराज शिवाकोटीले गरेका छन् | देश बाट निकै टाढा रहे पनि नेपाली गीत संगीतमा उनको यस किसिमको प्रयास भने रोकिएको छैन | आफु जहाँ रहे पनि नेपाली गीत संगीतमा आफुले आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | उनि अहिले अमेरिकामा रहेका छन् तर त्यहाँ समेत उनले निरन्तर रुपमा नेपाली गीत संगीत र नेपाली संस्कृतिको जगेर्ना गर्ने काममा निकै अग्रसर रहेका छन् | त्यस्तै उनले आफ्नो यस सार्वजनिक गीतको अब आउने तयारीमा रहेको भिडियो नेपाली दर्शकहरुको लागि आफ्नो तर्फबाट तिहारको कोसेली रहने कुरा समेत बताएका छन् |
हेर्नुस अडियो गीत :

Leave a Reply

%d bloggers like this: