Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
susan-samsohang-limbu
यो बर्षको मिस मंगोलको २०१६ को उपाधि काठमाडौँ निवासी प्रिती गुरुङले जितेकी छिन् | सुन्धारा स्थित आर्मी क्लबको हलमा भएको भब्य कार्यक्रममा विभिन्न उच्च दर्जाको व्यक्ति देखि अधिकांश पत्रकारहरुको उपस्थिथि रहेको थियो | कार्यक्रम पुरस्कार वितरणमा मात्र सिमित रहेन | आयोजित कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए | यस्तै अहिलेका चर्चामा रहेका गायक सुसन साम्सोहाङ लिम्बुले पनि आफ्नो धमाकेदार प्रस्तुतिले त्यहाँ उपस्थित सम्पूर्णको मनोरंजन गराए | केहि समय अगाडी मात्रै सर्वोतकृष्ट गाएकको उपाधि जितिसकेका उनले त्यस कार्यक्रममा आफ्नो प्रस्तुति दिदा हल नै गुन्ज्येमन भएको थियो | उनको बेजोड प्रस्तुतिले सबैलाई निकै खुसि तुल्याएको थियो |
susan-samsohang-limbu
susan-samsohang-limbu
susan-samsohang-limbu
susan-samsohang-limbu
susan-samsohang-limbu
उनको केहि समय अगाडी मात्र “सोल्टिनी” नामक एल्बम बिमोचन भएको थियो | उनको त्यस एल्बममा समावेश “सोल्टिनी” बोलको गीतले अहिले युटुबमा निकै राम्रो चर्चा कमाईरहेको छ | नेपाली गीत संगीतमा निकै पहिले देखिको आफ्नो मेहेनत र लगावको कारण अहिले उनि सबैको आँखामा पर्न सफल भएका छन् | नेपाली गीत संगीतलाई निकै नजिकबाट बुझेका उनले अहिलेको सामाजिक परिवेशको गतिविधिलाई राम्रो संग मुल्यांकन गरेका छन् | यहि हिसाबमा उनले अहिलेको परिवेशको गीत संगीतहरु दर्शक माझ राखेका छन् | उनको गीत संगीतमा छुट्टै किसिमको नेपाली पनको आभाष हुन्छ | सबैलाई नचाउने र आफ्नो दुख पिडालाई एकछिन पर राखेर रमाउन बाध्य बनाउछ उनको रमाइलो गीतहरुले | नेपाली दर्शकहरुले चाहेको र खोजेको जस्तो प्रस्तुतिहरु दिन आफु सधै तत्पर रहेको र सधै नेपाली गीत संगीतमा आफु र आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: