Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बदलिदो सेरोफेरो संगै नया प्रस्तुतिको उत्पत्ति हुने क्रम समेत निकै तिब्र हुन थालेको छ | अहिले नेपाली गीत संगीतमा रचनाहरु देखि लिएर संगीतमा समेत विकास र नया पनको झल्को आउन थालेको छ | यसै बीच युवा गाएक सुहाङ्ग लिम्बुले एउटा फरक किसिमको प्रस्तुति दर्शकहरु माझ लिएर आउने तरखर गरिरहेका छन् | उनको बिल्कुलै नया शैली र जेनेरामा तयार भएको “धड्क्यो धड्क्यो” बोलको गीतको भक्करै मात्र रेकर्डिङ्गको काम सकिएको छ | स्वयम उनको शब्द संगीतमा तयार गरिएको यस गीतमा उनलाई रेश्मा सुनुवारले साथ दिएका छन् | केहि समय अगाडी मात्र उनको “बुझेनौ तिमीले: बोलको गीत युटुब मार्फत सार्बजनिक गरिएको थियो | अब केहि कुराहरु बाकी रहेको हुदा सम्पूर्ण काम सकेर यस गीतलाई पनि दर्शक माझ प्रस्तुत गर्ने तरखर आफुले गरिरहेको कुरा उनले बताएका छन् |
suhang-limbu
suhang-limbu
suhang-limbu
नेपाली गीत संगीतको स्थर निकै माथि सम्मको रहेको र यसको विकास र प्रबर्धनको लागि सबैले प्रयास गर्नु पर्नेमा आफुले पनि केहि कोसिस गरिरहेको कुरा उनले उल्लेख गरेका छन् | आफ्नो पहिलो गीत संगै यस गीतलाई पनि दर्शकहरुले मनपराईदिनु हुने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: