Wed. Apr 24th, 2024

मनोरंजन संसार डटकम
नेपाली गीत संगीत क्षत्रको आकाश धेरै नै ठुलो रहेको छ जहाँ धेरै ताराहरु चम्किरहेका छन् | यिनै ताराहरुको बिचमा चम्किरहेको एउटा ताराको नाम हो रचनाकार सौरव तिमिसिना | बहुमुखी प्रतिभाको धनि उनि युवा पुस्तामा अहिले निकै चर्चामा रहेका छन् | उनको अहिले “पाउजु” एल्बममा समावेश “मर्छु सजिलै” बोलको गीत निकै चर्चा कमाउन सफल भएको छ | उनको आफ्नै सुन्दर रचनामा सजिएको गीतलाई किरण गजमेरले संगीत र स्वर भरेका छन् | उक्त गीतको म्युजिक भिडियो समेत निकै नै राम्रो बनेको छ जसमा बाबु बोगटी र केकी अधिकारीले अभिनय गरेका छन् | उनको यस किसिमको रचनाले नेपाली गीत संगीतको स्थरलाई निकै माथिको उचाईमा पुर्याएको छ | आजको युवा पुस्ताको टेस्टलाई निकै नै राम्रो संग बुझेका उनले अब आफ्नो नया रचनाको थालनी गरिसकेका छन् | अब चाडै नै उनको नया र पृथक रचनाको आगमन हुने निश्चित भैसकेको छ | अब आउने रच्ने अहिलेको भन्दा पनि निकै राम्रो र मार्मिक हुने हुनको भनाई रहेको छ |
sourav-timsina
sourav-timsina
सिधा र सरल ब्यक्तित्वोका उनि आफ्नो रचनामा अधिकतम नेपाली पनको मिश्रण गर्ने गर्दछन् जसको कारण उनको रचना निकै नै मार्मिक हुने गर्दछ | मन भित्रको कुरालाई अत्ति नै सरल र सहज रुपमा आफ्नो रचनामा प्रस्तुत गर्न सक्नु उनको खुबी हो | आफु देश बाट टाढा रहे पनि देशको लागि केहि गर्छु भन्ने विश्वास उनको मनमा रहेको छ | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकताको बिषय रहेको र यसको विकास र प्रबर्धनको लागि निरन्तर रुपले अगाडी बढिरहने कुरा उनले उल्लेख गरेका छन् | हामी जहाँ रहे पनि नेपाली भएको हुनाले हाम्रो आफ्नो देशको नेपाली गीत संगीतलाई सुनेर माया गरि सम्मान दिनु हुन सम्पूर्ण दर्शखारुलई उनले आग्रह समेत गरेका छन् |
Sourav-timsina
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: