Wed. Apr 24th, 2024

भुटानी मुलका नेपाली र बिगत केहि समय देखि अमेरिकामा बस्दै आएका युवा गितकार सौरभ तिम्सिनाले आफ्नो जन्म भुमि प्रति प्रेम प्रकट गर्दै स्रोता सामु पहिलो गिति संग्रह” पाउजुको आइतबार राजधानिको आर्याल होटेलमा बिमोचन सम्पन्न भएको छ।

बिमोचन समारोहमा गीतकार संघका अध्यक्ष गीतकार योगेन्द्रमणि दाहालको प्रमुख आतिथ्यतामा बिमोचन समारोह सम्पन्न भएको हो । उनको एकल एल्बमा “पाउजु ले” , “के हो र जीवन”, “मर्छु सजिलै”, “न पाउनु छ “, “आकाशमा हेर्दै छस्”, “मेरै नाम को”,”प्रिरती त जिन्दगीमा”, “जब देख्छु तिमीलाई” गरि आठ वोटा गीतहरु रहेका छन् ।

एल्बममा समाबेश गीतहरुमा विभिन्न गायक/ गायीकाहरुको स्वर तथा संगीत समाबेश गरिएको छ । कार्यक्रममा एल्बमा समाबेश दुई वटा गीतको भिडियो पनि सार्बजनिक गरिएको थियो । “पाउजु ले” बोलको गीतमा रत्न सुब्बाको स्वर तथा संगीत रहेको छ । “के हो र जीवन” बोलको गीतमा बिनोद गुरुङको स्वर तथा संगीत छ। “मर्छु सजिलै”मा किरण गजमेरको स्वर संगीत छ ।

“न पाउनु छ” मा बाबु बोगटी को स्वर तथा संगीत रहेको छ। “आकाशमा हेर्दै छस्” बोलको गीतमा शानु लोख्सेमेको स्वर तथा संगीत रहेको छ । “मेरै नाम को” गीत मा प्रविन दियालिको स्वर र अर्जुन रसाइलीको संगीत रहेको छ। “प्रिरती त जिन्दगिमा” अम्बर तुम्बापो र टीका लामिछाने को स्वर तथा संगीत अम्बर तुम्बापे को रहेको छ ।

भने आठौँ गीत “जब देख्छु तिमिलाई” मा सरन गुरुङको स्वर तथा संगीत रहेको छ । उक्त एल्बमलाई तुलशी ईन्टरटेन्मेन्ट् प्रा.ली. बजार व्यस्थापन गरेको हो भने यम.जे मिडियाले सोहि कार्येक्रम ३ घण्टा प्रत्यक्ष प्रसारण गरेको थियो ।

%d bloggers like this: