Fri. Apr 19th, 2024

classic event's wet destination
चर्चित गायक सुगम पोखरेलको पछिल्लो रिलिज भएको गीत अवस्था यतिखेर चर्चामा छ, सानमिगेल संगको सहकार्यमा निकालिएको उक्त गीत मित्रता र रमाइलो संग सम्बन्धित छ । हाल देश बिदेशका बिभिन्न स्टेज शोहरुमा व्यस्त सुगम आगामी जेष्ठ १ गते शाहंशा होटेलमा गुन्जिने भएका छन ।
क्लासिक इभेन्टको योजनामा हुन् लागेको वेट डेस्टिनेसन नामक पुल पार्टीमा सुगम सहित अन्य कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिनेछन । सानमिगलले प्रस्तुत गरेको उक्त पुल पार्टीमा क्लासिक इभेन्ट संग फ्युचर साउण्ड रेकर्ड र मार्क इन्टरटेन्मेन्टले सहकार्य गरेका छन । उक्त पुल पार्टीको लागी तीन सय रुपैयाको टिकटको व्यवस्था गरिएको छ जसमा एउटा क्यान बियर निशुल्क पाईने छ ।
उक्त इभेन्टको हाल तिक्थारू बिक्रि सुरु भई सकेको छ भने झन्डै चार हजार काउडलाई सहभागि गराउने आयोजकको लक्ष्य रहेको छ । चर्चित मिडिया पर्सनालिटी सुशील नेपालले होस्ट गर्ने वेट डेस्टिनेसनमा थुप्रै चर्चित डिजेहरुले आफ्नो प्रस्तुति दिनेछन, वाटर गेम तथा बिभिन्न प्रतियोगीता पनि आयोजना हुनेछ । उत्कृष्ट साउण्ड सिस्टम तथा आवश्यक सुरक्षको ब्यबस्था पनि गरिएको इभेन्ट म्यानेजर कुबेर सिंहले जानकारी दिएका छन ।
गर्मि याममा कलेज पुस्ताका युवाहरुमा पुल पार्टीको प्रचलन हाल बढ्दो छ, पोखरा, धारण चितवन जस्ता सहरमा पुल पार्टी निकै आयोजना हुने गरेको छ जसमा हजारौ युवाहरुको सहभागिता हुने गरेको छ ।

%d bloggers like this: